भक्तपुर । साउन मेला भन्नेवित्तिकै काठमाडौंको पशुपतिनाथ र भक्तपुरको डोलेश्वरलाई सम्झिन्छ धेरैले । तर भक्तपुर नगरपालिका वडा नम्बर ९ स्थित दत्तात्रय मन्दिरमा पनि साउने सोमबारको मेलामा उतिकै भीड लाग्ने गर्दछ । दत्तात्रय मन्दिरलाई पशुपतिनाथको गुरुका रूपमा पुजिने गरिन्छ । यही कारण यस मन्दिरमा साउन महिनाभरी नै विशेष मेला लाग्ने गर्छ । सोमबार पनि यहाँ विहानै भक्तजनको घुँइचो लागेको थियो ।
भेला भर्न जिल्लाकै चाँगुनारायण नगरपालिकाकी स्थानीयबासी जिया श्रेष्ठले हरेक वर्ष साउने सोमबारमा दत्तात्रय मन्दिरमा दर्शन आउँने बताइन् । आज पनि घरबाट बिहान ५ः३० बजे नै दत्तात्रय मन्दिरमा आइपुगेको तर त्यतिबेला आउँदा पनि भक्तजनहरुको घुँइचो लागिसकेको बताउने श्रेष्ठ भन्छिन्, यहाँ भिडभाड भए पनि पुजाआजा गर्न केही समस्या हुँदैन ।
यहाँ भक्तपुरका स्थानीयबासी मात्र भई चाँगुनारायण, सुर्यविनायक, मध्यपुर, काभ्रे, नालालगायतका विभिन्न स्थानबाट भक्तजनहरु दर्शन गर्न आउँछन् । यहाँ भक्तजनहरुको सुरुक्षाका लागि सुरक्षाकर्मी र नगरपालिकाका नगरप्रहरीहरु खटिएका थिए । महिला पुरुष गरी दुई लाईनमा राखिएको थियो । भक्तालुको आउँजाउ गर्न समस्या नहोस भनी सहजताका लागि भक्तपुर नगरपालिकाले जथाभाबी फुटपाथमा पसलहरु राख्न निषेध गरिएको थियो ।
भक्तपुरको डोलेश्वर र दतात्रयबाहेक जिल्लाका यातु महादेव, आशापुरी, साँगा, अन्तलिंगेश्वर महादेवलगायतमा मेला लाग्ने गर्दछ । प्रत्येक सोमबार नुहाइधुवाइ गरी महिलाहरू परिवारको सुस्वास्थ्य, दीर्घायु र सुखसमृद्धिको कामना गर्दै व्रत, उपासना र पूजा आराधना गर्न आउने गर्छन् । मन्दिरमा लाखपत्ति बाल्नेहरुको पनि उतिकै थिए ।
साउनको सोमबार किन ?
साउन महिनाको सोमबार हिन्द ुधर्मालम्बीहरूको लागि विशेष महत्व राख्दछ । उनीहरु यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो ।
यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन, मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । साउन महिनाको सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रहिआएको छ ।
यो महिनामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर सजिने गदछन् । यो महिनामा महिलाहरु भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पँहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन् ।
सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने गदछन्, जसमा विशेष गरी कर्कलो खाएर ब्रत बसेर त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।
साउन महिनाभर चोखो खाएर माछामासु नखाइकन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन र प्याज पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर बस्ने गर्दछन् । यसरी १ महिनासम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।
आजदेखि एकमहिने गुँंला पर्व सुरु